------तपाईंको सन्देश तपाईंको आफनतजनलाई ------
सम्पर्क गर्ने इमेलहरु: rai_zone@yahoo.com , tawa_rai@yahoo.com

भोजपुर गजल महोत्सव अभूतपूर्वु


निराजन बतास
काठमाडौं÷ ुभोजपुरको यो गजल अनुराग र यो उर्वर माटोलाई म प्रणाम गर्छुु आफूले पहिलो चोटि गजलमा अभूतपूर्व जनसहभागिता देख्न पाएको बताउँदै आइतबार भोजपुरको टुँडिखेलमा भोजपुर गजल महोत्सवको पहिलो दिन प्राज्ञ बँूद रानाले पटक-पटक भनिरहे-ुप्रणाम छ भोजपुरलाई ।ु ५ हजार बढी दर्शकमाझ प्रमुख अतिथि प्राज्ञ रानाले नेपाली गजल कार्यक्रममा यति धेरै भब्य कार्यक्रम पहिलो चोटि भएको बताउँदै भोजपुरले नेपाली गजलमा नयाँ उचाईँको योगदान दिन लागिपरेकोमा आफू हर्षविभोर भएको बताए ।
दुई दिन चलेको महोत्सवमा रानाले दुई दर्जन बढी गजल गाएर भोजपुरबासीलाई रोमााचक बनाए । सुरेश सुवेदी निराजन बतास याम थुलुङ शैलेन्द्र अधिकारी हेमन यात्री मेचीपुत्र अशोक बस्नेत लगायतले कार्यक्रममा दुई दिनसम्म गजलमात्र प्रस्तुत गरेनन् कार्यक्रम अविश्वसनीय भव्य भएको समेत बताए । टुँडिखेलमा एक दर्जन गीत गजलमा कलाकारले प्रस्तुत गरेको आकर्षक नृत्यमा दर्शक कार्यक्रमको अन्तिमसम्म झुमिरहे । महोत्सवमा पूर्वााचल स्तरीय गजल प्रतियोगिता दुई दिन चलेको थियो । महोत्सवको पछिल्लो दिन स्थानीय सामुदायिक भवनमा दर्शक अटेका थिएनन् । भवनमा नअटेका सयौंले बाहिरै बसेर कार्यक्रम सुनेका थिए । प्रत्येक साँझ गजल गायन र वाचन भएको महोत्सवको अन्तिम साँझ भने वाद्यवादन सहित प्राज्ञ रानाले समेत गजल गाए ।
नेपाल गजल प्रतिष्ठान भोजपुरले आयोजना गरेको महोत्सवलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिएको प्रतिष्ठानका अध्यक्ष राजन ुसमीपु साम्पाङले बताए । ुयसले भोजपुरको गजललाई बढोत्तरी गर्न योगदान दिनेमा विश्वस्त छौंु उनले भने । प्रतिष्ठानका सचिव आशिष राईले भोजपुरमा चाँडै गजल पुस्तकालय स्थापना गर्न लागिएको बताए । विष्णु भुजेल प्रशान्ता राई सविता भुजेल गंगा साम्पाङ लगायतको प्रतिष्ठानको समूहलाई अग्रज स्रष्टाहरु अमि्रका ताम्राकार र हरि दाहालले साथ दिएका थिए ।
भोजपुरको आत्मीयता कहिल्यै बिस्रन नसकिने गजलकार सुरेश सुवेदीले उल्लेख गरे । अतिथीहरुलाई प्रतिष्ठानका गजलकार चेलीहरुले नै बुनेको मफलर तथा भोजपुरे खुकुरी उपहार दिइएको थियो । प्रतियोगितामा भने सीता तिवारी आइन्द्र अङकुर राई देव आवारा र काचन जिम्बाले क्रमशः पहिलो दोस्रो तेस्रो र सान्त्वना स्थान हासिल गरे ।

एकल साँझ जुन ११ मा हुने

राजेन्द्र विरहीको एकल साँझ जुन ११ मा हुने

कुवैतको ईतिहासमा नै पहिलो पटक लोक गायक राजेन्द्र बिरहीले एकल साँझ गर्ने भएका छन नयाँ सालको आगमनको सुभ-अवसरमा सम्पन्न भएको भव्य सास्कृतिक कार्यक्रमको सफलता पछी फेरी कुवैतमा कार्यरत प्रबाशी नेपालीलाइ खुसी दिन सुमधुर संगीतले उनीहरुको मन रमाउन गायक बिरहीले संगीत साँझ राखेको बताउछन यो संगीत साँझ आउदो जुन ११ तारिख सुक्रवार को दिनमा कुवैत सिटीको एसिया एसिया होटलको एक हालमा हुने निश्चित भएको छ l सो एकल साँझमा गायक आफु एक्लैले आफ्ना प्रस्तुति दर्शक माँझ पस्कनु हुनेछ l कुवैतमा कुनै कलाकारले एकल साँझ गरेको यो पहिलो पटक हो यसबाट पहिले कुनै कलाकारले एकल साँझ प्रस्तुत गर्नु भएको थिएन यसबाट पनी अनुमान गर्न सकिन्छ अब कुवैतमा कुनै कला गला को कमी छैन l

साह्रै राम्री रैछौ रन नी एल्बमबाट गायन सुरु गर्नु भएका बिरहीले अहिले सम्म एउटा मात्र एल्बम बजारमा ल्याएपनि वाहाँले धेरै स्टेग प्रोग्राममा धेरै नै आकर्षित शो देखाएर धेरै पहिले देखीनै दर्शक माँझ आफ्नो गालाको कमाल देखाई सक्नु भएको छ कुवैतमा हुने गरेको प्राय सम्पूर्ण स्टेज शो मा धेरैनै दर्शहरुको मन छुने खालको गीत गाउनु हुने लोक गायकको यो एकल साँझले काँहा सम्म सफलता पाउने हो यो त दर्शक हरुले दुध को दुध पानीको पानी पार्नु नै हुनेछ जे होस एकल साँझ सबैलाई पाएक पर्ने ठाउ मालियामा हुने भएकोले सबै संगीत प्रेमी दर्शकलाइ साह्रै सजिलो परेको मलाई बिस्वास छ l हामी नेपालकुवैत डटकम र मरुभूमिको कोशेली परिवार पानी लोक गायक राजेन्द्र विरहीको एकल साँझले सफलता पाओस भन्ने अग्रिम सुभकामना गर्दछ l

मनोज काफ्ले मनसुन

नयाँ बर्ष २०६७ को शुभकामना !!

नयाँ बर्ष २०६७ को पावन अवशरमा भोजपुरे ब्लग सम्पुर्ण शाहित्यप्रेमीहरुमा एबं शाहित्यमा चिन्तनशिल ब्यक्ति अनी भोजपुरे ब्लगलाई माया गरेर आफ्नो aमुल्य संरचनाहरु पठाई सहयोग गरिरहने सम्पुर्ण सर्जक महानुभावहरुमा हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

भोजपुरे ब्लगमा आफ्ना संरचना निरन्तर् रुपमा पठाईरहनुहुने सर्जकहरुमा :-
दिलिप योञ्जन (अष्टिन अमेरिका)
बुद्द चेम्जोङ (न्युयोर्क अमेरिका)
नम्रता गुरागाई (अमेरिका )
सविना सिन्धु (अमेरिका)
लेखनाथ गौतम (अल्बामा, अमेरिका)
बिमल गौतम (साउदी अरेबिया )
सुर्य शिकारु (साउदी अरेबिया)
ईन्द्र पुन (साउदी अरेबिया)
चकेन्द्र कैदी (दोहा कतार )
खगेन्द्र खिलाफी (दोहा कतार)
निराजन थापा (दोहा कतार)
देबराज बस्नेत (दोहा कतार)
भोला थापा (दोहा कतार)
डोर बिक्रम बस्नेत (कतार)
राज रोबर्ट अजनबी (पोलैंड)
मनोज काफले "मनसुन" (कुवैत)
समदर्शी काईंला (इमिरेट्स)
दिलिप राई (इमिरेट्स)
ईन्द्र कुमार सुनुवार राई (ईमिरेट्स),
मनु ठाडा मगर (बेलायत)
प्रकाश सुनुवार राई (बेलायत)
ईन्द्र देव राई (बेलायत)
स्‍मृति चाम्लिङ (बेलायत)
बिमल गिरी (बेल्जियम)
उषा गिरी (बेल्जियम)
गणेश खड्का (सेचेल्स)
दुर्जा मान तामङ (साईप्रस)
आशा इङनाम (टोकियो जापान)
छक्कु उदाशी (टोकियो जापान)
गीता खवास (हङकङ)
सिमरन राई (सिंगापुर)
एल बी तामङ (भोजपुरे एकता मञ्च -दक्षिण कोरिया)
काङमाङ नरेस (ब्रुनाई)
गीता थापा (ईजरायल)
मिना बान्तवा (ईजरायल)
मनु लोहोरुङ (ईजरायल)
अर्जुन दुङ्मेन (ईराक)
दुर्गा राई (ईराक )
अम्बिका लिम्बु (मलेशिया)
टंक बहादुर चंद (ललेशिया)
योगेन्द्र जोगी (मलेशिया)
संतोष रसाईली (मलेशिया)
कैलाश राई (काठमाडौ)
दमन्ता चापागाईं (गोल्धाप झापा)
तारा राई "अनमोल" (ईलाम)
घनश्याम शर्मा (हेंटौडा )
निराजन बतास (किर्तिपुर)
रजनी राई "रजु" (गोगने, भोजपुर)
सुमन "बैरागी" (गोर्खा)
पर्शु "प्रिथक" (बिराटचोक, मोरङ)
नन्द लाल आचार्य (उदयपुर)
मोहोन लम्साल (सुडान, अफ्रिका)
एक राज "दोसाँध" (डाँगीहाट मोरङ)
प्रकट पंगेनी "शिब" (पोखरा)
पुरुषोत्तम गौतम (काठमाडौ)
देबेन्द्र थापा (साउदी अरेबिया)
धन कुमार "अबिरल" (ताप्लेजुङ)
अमृता अनुरागी राई (बैकुण्ठे, भोजपुर)
दुर्गा खरेल (ईन्द्रपुर, मोरङ)
गितकार टिका चाम्लिङ (नुनथला, खोटाङ)
जय छाङ्छा (नयाँ दिल्ली)
टिका बिबश (बाग्लुङ)

दिब्य राज "नयाँ घरे" (भोजपुर)
दीले पुन (कपिलबस्तु)
टेकबीर बलम्पाकी (मादीबुङ ईलाम)
 ईन्द्र नारथुङ्गे (मलेशिया)
ईश्वरी ज्ञावली (गुल्मी नेपाल)
गायत्री प्रसाद ज्ञावली (गुल्मी नेपाल)
 कुम शाही (ब्रुसेल्स बेल्जियम)
संगम किराँती (साउदी अरेबिया )
-कृष्ण प्रसाईं (अनामनगर, काठमाडौ)

-अबिनास बजगाँई (मोरङ, नेपाल)
-देबिन बाबु राई (उदयपुर, नेपाल)
-राम सुब्बा [झापा, नेपाल]
-डि. आर. "निस्छल"( भिक्टोरिया, आईसलेण्ड)
-अञ्जान गंगा मगर ( ईलाम, नेपाल)
प्रल्हाद तिमिल्सिना (नेपाल)



र सम्पुर्ण अप्रत्क्ष्य रुपमा यो ब्लगलाई हेरी रहनुहुने हाम्रा श्रद्वेय पाठक वा शुभचिन्तक महोदयहरुमा यो नयाबर्षले पुनरुत्पादनको जाँगर र जोश प्रदान गरोस शुभकामना - एडमिन

निराजन बतासलाई यायोक्खा धनकुटा सम्मान

काठमाडौँ÷साहित्यकार निराजन बतास यस बर्षको yaayokkhaa मातृभाषी साहित्य सम्मान धनाकुटा बाट सम्मानित भएका छन् ।

धनकुटामा बसेर आधा दशक भन्दा बढी मातृभाषाबाट गरेको साहित्य सेवाको कदर स्वरुप उनलाई यो सम्मान प्रदान गरिएको हो । येलेदोङ÷येलेतङबे ५०७० को उपलक्ष्यमा धनकुटामा हालै आयोजित एक कार्यक्रममा बतासलाई फेटा गुथाएर सम्मान पत्र र सम्मान चिनो सहित सम्मानित गरिएको थियो ।
२०६३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट भएको र बतास आफैले निर्देशन गरेको बान्तावा भाषाको रेडियो नाटक ुसुनाहाङ्गु बान्तावा भाषाकै सर्वाधिक चर्चित नाटक हो भने उनले गाएका र लेखेका आधा दर्जन बान्तावा भाषाका गीतहरु चर्चित छन् ।
बतास बान्तावा भाषाको पत्रिका ुबुङ्वाखाुको सहसम्पादक हुन् भने उनले बहुभाषिक पत्रिका
ुसुम्निमा सावानामुको सम्पादन गरिसकेका छन् । उनले २०६४ सालमा सप्तकोशी एफ।एम।मा बान्तावा भाषाको कार्यक्रम प्रस्तोताको रुपमा पनि काम गरिसकेका छन् । उनका तीन दर्जन बढी बान्तावा भाषाको लेख रचना ुबुङवाखाुमा मात्रै प्रकाशित छन् । उनको हालै प्रकाशित गजल संग्रह ुबाटो खोज्दै बाटोहरुमा समेत दुइ वटा बान्तावा गजल समावेश छन् ।

प्रेम-पत्र


मेरो दिलको रानी सरु !
मुटु भरिको माया तिमीलाई जन्म जन्म भरिलाई मात्र तिमीलाई है सरु ।

सरु ! आज म आस्था को कमजोर बैशाकी टेकी जिन्दगीको अस्पस्ट गोरेटोमा अज्ञात सम्भावना को खोजी गर्दै घिस्री रहेको छु ,त्यहा जहाँ म जस्ता हजारौ अभागि आत्मा हरु धेरै बर्षा देखी अथाक अथाक घिस्री रहेका छन । म चाँही घिस्री रहे को छु मात्र तिमीलाई पाउने आशा मा अनी तिमि सगै जीवन बाच्ने अटल विश्वाशमा ।

सरु ! सबै कुरा मिलेर अनी बाडेर सापटी र पैचो लियर पनि चलाऊन सकिन्छ तर सरु एउटा कुरा कसै सग पनि बाड्न सकिदैन र मिल्दैन पनि त्यो के हो थाहा छ सरु ? म कुरा गर्दै छु सरु जीवन साथीको बारेमा । हो सरु - आफ्नो जीवन साथी एक पलको लागि मात्र पनि अरु कसै पराईको लागि सोच्न मात्र पनि सकिदैन । त्यो नितान्त निजी हुन्छ कसै सग बाड्न मिल्दैन पनि । अनी त सरु तिम्रो आत्मा मा कहिले कही मेरो बारेमा प्रश्न पनि उठ्दो हो । सरु म यसलाई कहिले पनि नराम्रो सोच्दिन किन कि साच्चो माया ले खोज्ने विश्वाश नै यही हो सरु । अनी मलाई नै पनि यस्तै लाग्छ आफ्नो मान्छे पराइ नबनोस ।

आज सरु म जे जती लख्दै छु त्यो पनि तिम्रै विश्वाश जित्नलाई नै हो सरु म कहिले ईमेल आइडि दिनु तयार हुन्छु भने कहिले ……….यसको एउटा मात्र मग्सद हो तिम्रो माया निरन्तर निरन्तर पाइ रहु अनी अर्को कुरा साच्ची नै तिमी भन्दा मेरो लागि कुनै अरु ठुलो कुरा छैन सरु । यस्को लागि म जुन सुकै अग्निपरिक्षा दिन पनि तयार छु सरु । यो हिजो पनि थियो र बाचुन्जेल रही रहने छ सरु मात्र तिम्रो लागि मात्र । सरु अतित को पाना हरुमा तिमी सगको स्वर्णिम पलहरु सुनै सुनले लेखियको छन । हामी भोली पर्सी भेट भयर कुरा गर्दा पनि त्यतिनै रमाइलो लाग्नेछ जती रमाइलो आज लागि रहेको छ । सरु तिमी सग मेरो गहिरो माया मात्र होइन अती गहिरो माया बस्यो सरु । यो माया को लागि मैले दियको बचनहरु त्यतिन्जेल बाचि रहने छ सरु जतिन्जेल म आफु बाच्ने छु । यो कुरा त सच्चाइको कसिमा रघेटिदा मात्र थाहा हुने छ सरु कम से कम अब दुई बर्षा त पर्ख सरु है । त्यती बेला सबै पर्द खुल्ने छ ।

सरु ! हामी पल पल हाम्रो सपना को मन्जिल तिरै लम्की रहेक छौ । सेकेण्ड सेकेण्ड गर्दै बित्दै छ समयहरु । सरु जुन समयले हामीलाई हिजो छुट्टायको थियो त्यो समयले नै भोली भेट्टाइ दिने छ । जुन दोबाटोले हामीलाई अलग गरेको थियो त्यही बाटो ले हामीलाई मिलाउने छ । यही हो साच्चो कुरा सरु यसलाई नै हामीले पनि कुर्नु पर्छ है सरु । मन लाई समालेर ल मेरी प्राण प्यारी सरु ।

मेरो जीवन त तिमीलाई नै समर्पन गरी रहेको छु सरु तर आज को रात चाँही बिशेष समर्पन गरे तिम्रो नाम मा सरु । आज निद्रा देबी को काख मा मेरो आँखाले बास लिन सकेन । गुर्लुम्मा सिरक ओढेर जती नै निदाउन खोजे पनि पटक्कै निद्रा लागेन । अनी म आँफै आफ्नो कल्पना मा म रमाउन थाले । सुनेको थिय - सरु ''कल्पना यथार्थ भन्दा जहिले पनि अघाडी हिन्छ रे " हुन पनि हो नै रहेछ जस्तो पनि लाग्यो । हामी पुग्नु भन्दा धेरै पहिले चाहन र कल्पना नै त पुगेको हुन्छ होईन त सरु ? यस्तै यस्तै सोच्दै कोल्टे फेर्छु । मेरो कल्पना लाई कस्ले पो छेक्न सक्छ र ? म कल्पना मा नै रमाउन लाग्छु । चिसो रातहरुमा म मात्र हुन्छु । यो चिसो को समय मा म तिम्रो न्यानो काख लाई सिरानी बनाउन पाय कती आनन्द आउने थियो होला । मेरो अगालो भरी तिमीलाई कस्न पाय कती मज्जा हुने थियो होला ? अनी मन मा बेग्लाई किसिम को मिठो अनुभुती भयो । मैले तिमीलाई भेटे जस्तो पनि लाग्यो । तिमीले पनि कती रातहरु यसरी नै कल्पना गरेर बितायकी छौ सरु त्यो पनि मलाई थाहा छ सरु । सबै भन्दा ठुलो कुरा त सरु तिमि लाइ मेरो मायाले मेरो सामुमा नै धेरै पल्ट रुवायको छ सरु । यो मैले कहिले पनि भुल्ने छुइन नि सरु । मायाले यकले अर्काको साथ खोज्दो रहेछ सरु यकान्तमा समिप्यता खोज्दो रहेछ सरु । मेरो हिजोको सारा रातको लागि समिप्य भयर मिठो साथ दियौ सरु अनी त मैले भने - आज को रात तिम्रो लागी बिशेष बिशेष समर्पन अनी धेरै धेरै धन्यवाद पनि छ सरु तिमीलाई ।

सरु ! अस्ती तिमीले मलाई कतिको मन पराउनु हुन्छ ? भनेर सोधेको थियौ । मैले पनि यस अघी तिम्रो बानिको कुरा,तिम्रो बिचार को कुरा अनी मलाइ गर्ने मिठो माया र तिम्रो आत्मा कुरा मात्र गरेको थिय । आज पालो तिम्रो अनुहारको अनी तिम्रो शरीर को है । सरु ! मालिले धेरै मेहनत गरी बनायको एउटा सुन्दर बगनमा फक्रीयको सुन्दर फुल जस्ती छौ सरु । भनौ न भगवानले तिम्रो जन्म दिनु अघी धेरै सोचेर बनायको हुनुपर्छ । नत्र कहाँ यती राम्री हुने थियौ र सरु तिमी । तिम्रो सिर देखी पाउ सम्म केही पनि त्यस्तो कुरा छैन जुन कुरा अली कती पनि मलाई मन नपरोस । भन्छन नि थोरै नै मिठो, राम्रो भनेर तिमी साच्ची नै सरु चिटिक्क परेकी स्वर्ग कि अप्सरा भन्दा कमी छैनउ सरु । तिम्रो स्याउको दाना जस्तो रातो रातो गाला,लालु पाते ओठ अनी सलक्क परेको औलहरुमा निक्कै लामो लामो नगहरु कती हिफाजात गरी पालेकी छौ । त्यो पनि तिम्रो आकर्श्णको एउटा अङग नै हो । तिम्रो खुट्टाहरु पनि त्यतिकै राम्रो लाग्छ मिलेको जिउडाल छ तिम्रो । त्यसमा कोइली को जस्तो बोली ल , ह ? हवस जस्ता शब्दहरुले तिम्रो बोलिमा मिठास थपी दिन्छ मुसुक्क हासेर बोल्ने तिम्रो बानिले सरु सुन माथि सुगन्ध भने जस्तो भयको छ । त्यो मुस्कान ले नै सरु मेरो मनलाई चोरेछ मैले पनि तिमीलाई सधैं सधैं को लागि मेरो मुटु मा सजायको छु । एउटा प्रेमिलाई यो भन्दा अरु के नै चाहिन्छ र सरु । अनी सरु तिमी नै त हौ मेरो दिल को मोनलिशा तिम्रो अङग अङग ले मलाई तिमीतिर नै तानी रहन्छ त्यसैले सरु तिमी बाराबरि मेरो लागि कोही छैन,केही छैन सरु त्यसैले भन्नु पर्छ सरु तिमी नै त्यो मान्छे हौ जस्को मलाई सबै कुरा मन पर्छ ।

सरु ! आजलाई यती नै है !
तिम्रो प्रेमि
चकेन्द्र कैदी
पाख्रीबास, धनकुटा
हाल: दोहा कतार

{यो लेख चकेन्द्र जी को हुनुपर्नेमा खगेन्द्र खिलाफी हुन गएको मा माफी चाहन्छौ र आगमी दिनहरुमा यस्ता नदोहोरिन कुनै पनि लेखक साहित्यकार बर्गमा आफ्नो स्पष्ट ठेगाना अनी नाम लेखेर मात्र हामीलाई आफ्नो रचना सम्प्रेसन गर्नु होला, किनकी सच्याईरहदा धेरै कठिनाई झेल्नु पर्ने हुन्छ र देख्न मा पनि नराम्रो हुने हुँदा यो जानकारी गराएेएको छ, -बि जे बान्तवा एबं भोजपुरे ब्लग परिवार}

बोमोचित गजल संग्रह


निराजन बतासको बाटो खोज्दै बाटोहरु विमोचित

काठमाँडौ÷युवा साहित्यकार निराजन बतासको पहिलो एकल गजल संग्रह ुबाटो खोज्दै बाटोहरु को गत पौष १६ गते विहिबार राजधानीमा विमोचन गरिएको छ ।
साहित्यकार झमक घिमिरेले संग्रहको विमोचन गरेकी हुन् । प्रवासी नेपाली साहित्य समाज बेलायत र बु्रनाइको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका साहित्यकार रमेश पौडेल बुद्धिसागर चपाईँ संगीत स्रोता सुमित्रा बाङदेल चेली र राजकुमार दिक्पालले गजलकृति र समसामयिक गजलको बारेमा बोल्दै ुबाटो खोज्दै बाटोहरुको गजलहरु उत्कृष्ट र सशक्त रहेको टिप्पणी गरेका थिए । नवोदित समसामयिक गजल सिर्जना समेतको चर्चा गर्न नयाँ पुस्ताका गजलकारहरुलाई बोल्न लगाइएको समाजका उपाध्यक्ष तथा कार्यक्रमका सभापति विश्वासदीप तिगेलाले बताए । कार्यक्रममा कृतिका स्रष्टा निराजन बतासले एक दर्जन गजल वाचन गरेका थिए ।

संग्रहमा समसामयिक विषयवस्तु र केही माया प्रेमका गरी ५३ खस नेपाली भाषामा र २ बान्तवा नेपाली भाषाका गजल छन् । प्रवासी साहित्य समाज प्रभातले विश्वव्यापी गजल प्रतियोगिता आयोजना गर्न लागेको सन्दर्भ सहित प्रभातको तर्फबाट कार्यक्रमको आयोजना गरिएको थियो ।

Nirajan Batas
Kirtipur, Kathmandu
Ph. 9841849246
nbatas@gmail.com
http://www.nbatasbjp.blogspot.com/

शुभकामना



देश वा परदेश मा रहेर भोजपुरेब्लग लाइ माया गरीरहनु हुने समस्त नेपाली सहित्यकार भोजपुरे ब्लग मा कविता गजल मुक्तक आदि सहित्य को कोशेली लेख्नु हुने सबैलाई यो नया साल 2010 को हार्दिक मङ्गलमय शुभकामना छ यो साल मा हामी र हाम्रो देशको मन मस्तिक को उन्नति प्रगति होस् भगवान संग यही प्रथाना छ देशलाई सत्मार्गमा लैजान देशका नेताहरुको बुद्दी तिब्र पलावोस अनी पापी हरुको नास होस् धर्मात्मी हरुको जन्म होस् भन्दै मेरा पनि परदेश बाट यी दुइ शब्द शुभकामना |

साथमा भोजपुरे ब्लग का सम्पूर्ण सम्पादक टीम लाइ नया साल 2010 को हार्दिक मङ्गलमय शुभकामना छ|

मनोज काफ्ले 'मनसुन
एलादी ४ स्याङ्गजा (नेपाल)
हाल - कुवैत

हामीलाई प्राप्त शुभकामनाहरु:-

"शुभकामना !"

जहाँ नेपाली भेष-भुषा, भाषा र साहित्यको अस्थित्व हुन्छ; त्यहाँ हामी नेपाली र नेपालीको अस्थित्व सदा रहन्छ। यस कार्यमा भोजपुरे ब्लगले विश्वमा छरीएर रहनु भएका तमाम कलमप्रेमी तथा साहित्यपारखी ब्यक्तित्वहरुको भावनालाई एक-आपसमा भलाकुसारी गराउँदै नेपाली साहित्यको संरक्षण, संम्बर्द्धन अर्थात जगेर्ना गर्नमा उक्त ब्लग मार्फत अत्यन्तै उल्लेख्य भूमिका निर्बाह गर्दै आफ्नो प्रगति पथमा लम्किरहेको छ। लाखौं पाठक तथा साहित्यप्रेमिहरुको मन छुन र जित्न सफल भएको छ। अझै पनि यसैगरी बर्षौं र सदिऔंसम्म निरन्तर अघी बढीरहोस्। ०६६ सालको बडादशैंको उपलक्षमा शुभकामना तथा निरन्तरता अनी उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
साथै भोजपुरे ब्लग परिवार तथा परिवारका मित्रहरु बि.जे. दुम्माली जि र चन्द्र बान्तावा राई जि लाई पनि सुख, शान्ति, समृद्धि तथा जीवनमा सधैं भरी हाँसो नै हाँसो, खुशी नै खुशी एबंम उमंग नै उमंगले छओस् भनी हार्दिक-हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

अर्जुन दुङ्मेन,
बगदाद, ईराक।

Happy Dashain:
On the auspicious occasion of Dashain, the greatest festival of Nepalese & all the Hindus, I want to express my warmest wishes to u. May this great festival of Dashain bring good fortune & prosperity in your life. Let mother durga bless you all family with the dreams of yours life, properity, and add you a joy of the joy and happyness that never have a limitation that you ever dream too, May the blessings of Goddess Durga always be with you and your dear ones. Soo enjoys the dashian with great,Happy Dashian

Ganesh Khadka
Island


बिघ्न बाधा मासिएर सुख-शान्ति छावस् धन-सम्पत्ती घरभरि लक्ष्मीको बास होस् प्रगतिका पाइलाहरु चढुन् माथि-माथि भवानीले रक्षा गरुन् मनमा रहोस शान्ति शत्रु जनको नाश भै खरानी झैं बनुन् मित्र जन दाहिना भै वरि-परि बसुन् निधारमा रातो टिका शिरमा जमरा फुलिरहोस सधैं भरि खुशी हरा-भरा हिमाल झैं पबित्र हुन् मनका भावना थप-थप पुग्दै जाउन् मनोकामना !!!"

कमल बुढाथोकी "बिस्वास"
दोहा कतार

दशैँ २०६६ सबैको लागि रमाईलो होस्

                                       विक्रम सुब्बा परिवार
                                 शंखमूल काठमाण्डौ, नेपाल
                                  Email: ingwaba2005gmail.com
     Website: www.nepalikavita.com

Very happy Vijaya Dashami and Deepawali 2066
                            Jaya B Rai Chhangchha
                                   New Delhi
       Email: bastim2003@yahoo.com

श्री भोजपुर ब्लग
परिवार,
भोजपुर ब्लग स्थापना भै सन्चालन रहेको पाउँदा खुशी लाग्यो । सन्चालक बर्गलाई बधाई दिदै सफलताको कामना र हामी यस दक्षिण कोरियामा भोजपुर बासिहरु पनि भोजपुर परिवार को नामले सङ्गठित छौ, तसर्थ हामी बिचमा कुनै सम्बन्ध र सहकार्य गर्न सकिन्छ भने खबर पाउने आसा गर्दछु ।
एल. बि. प्रधान
अध्यक्ष
भोजपुर परिवार,दक्षिण कोरिया ।
Email: pdnlb017@yahoo.com 

विजया दशमी तथा शुभ दिपावली २०६६ को अवसरमा तपाई सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको उज्यालो शुभकामना ।
Bimal giri n family
Brussels
Email: bimalgiri@hotmail.com


बडा दशैंको आगमन संगै भोजपुरे ब्लगमा पस्किएको शुभकामनाको उच्च कदर गर्दै ब्लग संग समन्धित पक्षहरुको पनि बिस्तृत जानकारी दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु साथै यो ब्लगको उत्तरोउत्तर प्रगतिको कामना ब्यक्त गर्दै भोजपुरे ब्लगका पाठक शुभचिन्तक र सम्पूर्ण टीमलाई बिजया दशमीको शुभकामना भन्न चाहन्छु`!- सूर्य/सिकारु

बडादशैंको शुभकामना!!

बि जे दुम्मालीको & चन्द्र बान्तवा राई तर्फ बाट बडादशैको शुभकामना।
Blog Widget by LinkWithin